9851240117

hurpes@gmail.com

Home

About us

Others

awards/ जनकपुरधाममा समाजसेवा पुरस्कार प्रदान/ जनकपुरधाममा समाजसेवा पुरस्कार प्रदान

जनकपुरधाममा समाजसेवा पुरस्कार प्रदान

2026-06-14 14:05:53

  • मानव अधिकार तथा शान्ति समाज द्वारा स्थापित  रु १ लाख १० हजार राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार  (वर्ष  २०८२)  सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु  जनकपुरधाममा २०८३ जेठ ३० गते बिहान आयोजित  कार्यक्रममा श्री ललिता दास तत्मा (सदस्य,मधेस प्रदेश सभा) लाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि  मधेश प्रदेश प्रमुख प्रा. डा .सुरेन्द्र लाभले सम्मान पत्र सहित ललिता दास लाई सो पुरस्कार  अर्पण गर्नु भएको थियो । कार्यक्रममा  प्रमुख अतिथि मधेश प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्र लाभ,पुरस्कृत व्यक्तित्व ललिता दास तत्मा विद्रोही,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह,शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, मधेश प्रदेश सभामा नेपाली काङ्ग्रेस प्रमुख सचेतक कुमार कान्त झा प्रदेश सांसदहरू जिवछी यादव, किरण कुमारी शाह,रत्नेस्वर गोइत,राजेन्द्र चौधरी सहित विभिन्न दलबाट प्रतिनिधित्व गर्ने ६ जना सांसदले मन्तव्य व्यक्त गर्नु भएको थियो ।यसै गरी  सामाजिक न्यायको आन्दोलनमा केन्द्रित रही वरिष्ठ अभियन्ता रामरिझन यादवले मन्तव्य व्यक्त गर्नु भएको थियो भने  बद्री प्रसाद पहाडीको बारेमा शान्ति समाज महोत्तरीका सभापति सुवास बिच्छाले र पुरस्कृत व्यक्तित्व श्री ललिता दास तत्माको बारेमा प्राध्यापक चन्द्रेश्वर प्रसाद यादवले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सभापतित्व शान्ति समाज सभापति रेनुका पौडेलले र सञ्चालन महासचिव प्रकाश शाहीले गर्नु भएको थियो । यसै गरी स्वागत गण्डकी प्रदेश सचिव तीर्थराज न्यौपानेले र शान्ति समाज अवधारणा पत्रको अंश केन्द्रीय सदस्य शम्भु राउतले प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा १६ जना प्रदेश सभा सांसद सहित राजनीतिक समाज,नागरिक समाज,स्रष्टाहरू गरी ९० भन्दा बढीको सहभागिता रहेको थियो । 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links