9851240117

hurpes@gmail.com

Home

About us

Others

Our Campaigns

सुचनाको हक संरक्षणका लागि नागरिक संवाद कार्यक्रम

8/20/2025

सुचनाको हक संरक्षणका लागि नागरिक संवाद कार्यक्रम
१९ औं रास्ट्रिय सुचना दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज द्धारा सुचनाको हक संरक्षणका लागि नागरिक संवाद कार्यक्रम २०८२ भाद्र ३ गते काठमान्डौमा सम्पन्न। समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुचनाको हक लागि रास्ट्रिय महासंघका अध्यक्ष प्रमुख वक्ता उमिद वागचन्द सहित समाजका सल्लाहकार रामकृष्ण बराल, महासचिव प्रकाश शाही, कोषाध्यक्ष चन्द्रमणी बन्जारा, काठमान्डौ शाखा उपसभापति सार्जन चापागांई, सचिव रविना पौडेल धमला काठमान्डौ शाखा पुर्व सभापति ईस्वर पुडासैनि, सदस्य रिता अधिकारी लगाएतले धारणा व्यक्त गर्नुभएको थियो। नागरिक संवाद कार्यक्रममा शान्ति समाज केन्द्रिय कार्यसमिति, काठमान्डौ शाखा कार्यसमिति र ललितपुर शाखा कार्यसमिति का पदाधिकारी सहित ४० जनाको सहभागिता रहेको थियो।

शान्ति समाजले एक दशक अगाडिदेखि उठाउँदै आएको विषयलाई ⁠अन्तर्राष्ट्रिय न्यायालयले

8/2/2025

शान्ति समाजले एक दशक अगाडिदेखि उठाउँदै आएको विषयलाई ⁠अन्तर्राष्ट्रिय न्यायालयले पुष्टि भनौँ वा मान्यता प्रदान गरेको छ। ⁠
अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले जलवायु परिवर्तनका कारक देशहरू यसको परिणामप्रति अनिवार्य रूपले जवाफदेही हुने निर्णय हालै
गरेको छ । आईसीजेको यो निर्णय वातावरणीय न्यायका दृष्टिले हालसम्मकै सर्वाधिक ठूलो र महत्त्वपूर्ण रहेको छ.यस निर्णयले नेपाललाई चीन र भारतबाट क्षतिपूर्ति पाउने ⁠आधार प्रदान गरेको छ।
जलवायु परिवर्तनका लागि जिम्मेवार मानिने कार्बन उत्सर्जन गर्ने विश्वका तीन ठूला देशहरू चीन, अमेरिका र भारत हुन् । पहिलो र तेस्रो ठूला उत्सर्जक देशको बीचमा रहेको नेपालको हिमाल पग्लने क्रम बढ्नुमा चीन र भारतको ⁠औद्योगिक कार्य प्रमुख कारकका रूपमा छ,स्मरणीय छ शान्ति समाजले चीन र भारतबाट नेपालले क्षतिपूर्ति पाउनुपर्छ भनेर दशक अगाडिदेखि माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ।त्यस दौरान प्रकाशित अवधारणा पत्रको अंश यसै साथ संलग्न छ।

शान्ति समाज काठमाडौँ शाखाको २८ औँ जिल्ला साधारण सभा सम्पन्न

7/27/2025

शान्ति समाज काठमाडौँ शाखाको २८ औँ जिल्ला साधारण सभा सम्पन्नः 

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २८ औं साधारण सभा २०८२  श्रावण १० गते काठमाण्डौमा सम्पन्न भएको छ । “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” भन्ने मूल आह्वानका साथ सम्पन्न साधारणसभाको उद्घाटन ४ वटा दीप प्रज्वलन गरि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्णबहादुर खड्का, प्रमुख वक्ता समाजका सभापति कृष्ण पहाडी, विशिष्ट वक्ताका रुपमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, सांसद तथा पुर्वमन्त्री अम्विका वस्नेत, नेकपा एमालेका स्थायी कमिटि सदस्य पुर्वमन्त्री शेर बहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र वुर्लाकोटी, जनता समाजवादी पार्टी नेपालका उपमहासचिव सांसद प्रकाश अधिकारी, गोकर्णेश्वर नगरपालिकका मेयर दिपक रिसालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

काठमाण्डौ शाखाका सभापति विकास थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा शान्ति समाजका सभापति रेनुका पौडेल, निवर्तमान सभापति तथा सल्लाहकार रामकृष्ण बराल, पुर्व सभापति होमकान्त चौलागाईं, महासचिव प्रकाश शाहीले मन्तव्य ब्यक्त गर्नुभएको थियो भने “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” शिर्षकमा समाजले तयार गरेको अवधारणा पत्र वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य नवराज चापागाईले र सञ्चालन सचिव सार्जन चापागाईले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, अधिकारकर्मीहरु गरी १५० बढीको सहभागिता थियो । 

यससँगै नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता शिर्षकमा सुशासन, लोकतन्त्रको रक्षा र स्थायीत्वमा केन्द्रित रहि देशव्यापी अभियान प्रारम्भ भएको छ ।


डा. शेखर कोइराला शान्ति समाज केन्द्रीय कार्यालयमा

7/15/2025

डा. शेखर कोइराला शान्ति समाज केन्द्रीय कार्यालयमा 

सांसद तथा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संसोधनका सन्दर्भमा शान्ति समाजले अघि सारेको एजेण्डा महत्वपूर्ण भएको बताउनुभएको छ । २०८२ असार ३१ गते बिहान मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय वाग्मतीनगरस्थित सभाकक्षमा सम्पन्न संक्षिप्त कार्यक्रममा बोल्दै डा. कोइरालाले जलवायु न्यायको विषय आफुले संसद, आफ्नो दल नेपाली काँग्रेस लगायत विभिन्न फोरममा उठाउने दृढता व्यक्त गर्नुभएको हो । 

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जलवायु न्याय सम्बन्धी शान्ति समाजको १० बुँदे धारणा केन्द्रीय सदस्य रोजिना विष्टले प्रस्तुत गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष चन्द्रमणी बञ्जाराले गर्नुभएको थियो । 

स्मरणीय छ, शान्ति समाजले संविधान संसोधनका क्रममा संविधानको प्रस्तावनामा नै अहिंसात्मक जीवनधारा र जीवनचक्र परिस्थिति सन्तुलन समावेश गर्नुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएको छ ।  

यसैगरी समाजले विगत दुर्ई दशकदेखि प्राकृतिक विपत्तिका दौरान उद्धार, राहत र पुर्नवासका लागि बलियो स्थायी संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै आएको छ । 

कार्यक्रमा समाजका संस्थापक सभापति, पूर्व सभापतिहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र शान्ति समाजका विभिन्न शाखाका सदस्यहरुको सहभागिता थियो । 


कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार अर्पण कार्यक्रमः

7/9/2025


कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार अर्पण कार्यक्रमः २०८२ असार २३ गते राष्ट्रपति भवन शितल निवासस्थित प्रभास हलमा कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार अर्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले दोसल्ला ओढाई सम्मानपत्रसहित वर्ष २०८१ को रु. १ लाख १० हजार राशीको यो पुरस्कार सामाजिक न्यायका अभियन्ता एवं पूर्व राजदुत पदम सुन्दासलाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन यस प्रकार थियोः 

कार्यक्रमका सभापति,

पुरस्कृत व्यक्ति सुन्दासजी

उपस्थित महिला तथा सज्जनवृन्द !

मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता र सामाजिक न्यायका लागि विगत तीन दशकदेखि मानव अधिकार तथा शान्ति समाज क्रियाशील रहेको विदितै छ । यिनै उद्देश्यका लागि समाजले गरेको कार्यक्रमहरूमा विगतमा मैले सहभागिता जनाएको मेरो सम्झनामा छ ।

सामाजिक न्यायको लागि समाजको अभियान र योगदान महत्वपूर्ण छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।

समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभएकोमा म सामाजिक न्यायका अभियन्ता एवम् पूर्व राजदूत पदम सुन्दासलाई हार्दिक बधाई दिन चाहन्छु । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी सुन्दासको सामाजिक संस्था र सामाजिक न्यायको क्षेत्रको लामो समयदेखि क्रियाशीलता सराहनीय छ । समाजमा योगदान गरेका मानिसहरूको नाममा स्थापित पुरस्कार प्रदान गर्ने यस्तो अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्दछ भन्ने मैले विश्वास लिएको छु ।

यसैगरी यो पुरस्कार जसको नाममा स्थापना भएको छ अर्थात बद्रीप्रसाद पहाडी सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ ।

नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता हो । सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन उत्तिकै जरुरी छ । राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु हाम्रो साझा दायित्व हो । यसमा विगतदेखिनै शान्ति समाजले खेल्दै आएको भूमिकाको सराहना गर्दै बदलिदो परिवेशमा समाजले यसतर्फ अझै प्रभावकारी ढंगले आगामी दिनमा काम गर्ने मैले विश्वास लिएको छु ।

जय नेपाल !

मितिः २०८२ असार २३ गते बिहीबार (राष्ट्रपति कार्यालयको वेवसाइटबाट साभार)

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व पदम सुन्दासले सामाजिक न्यायको आन्दोलनबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व पदम सुन्दासको बारेमा उच्च अदालतका पूर्व का.मु. मुख्य न्यायाधीश शेषराज शिवाकोटीले र बद्री पहाडीको बारेमा निवर्तमान सभापति रामकृष्ण बरालले प्रकाश पार्नुभएको थियो । स्वागत वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले र कार्यक्रम सञ्चालन महासचिव प्रकाश शाहीले गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्यहरु, सांसदहरु, नागरिक समाजका अगुवाहरु, स्रष्टाहरु, अधिकारकर्मीहरुसहित राष्ट्रिय जीवनका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो । 

  


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links