9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ शान्ति समाजको आर्थिक अवस्था

शान्ति समाजको आर्थिक अवस्था

2026-10-18 00:17:46

शान्ति समाजको आर्थिक अवस्था/ ८ लाख १२ हजार  रिन 
स्वयमसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको आर्थिक अवस्था (२०८३ असोज मसान्तसम्मको )यस प्रकार छ :
-रिन रु ८१२००० (सञ्चित कोषमा माघ १ गते सम्ममा जम्मा गर्ने गरी सो कोषमा जम्मा गर्नु पर्ने रकम सापटी स्वरूप चलाइएको । कारण,भदौ महिनामा प्रधानमन्त्री राहतकोषमा ३ लाख सहयोग र कर्णाली केन्द्रित छात्रवृत्तिमा २ लाख सापटी बाट बहन गरिएको )
-हाल चल्ती खातामा मौज्दात रु २० हजार 
 - सञ्चित कोषमा रहेको रकम रु ८७२२२९२ ( पुरस्कार र बालिका  छात्रवृत्ति अक्षय कोषको समेत गरी ) 
-पुस मसान्त सम्ममा सञ्चित  कोष बाट आउने ६ महिनाको ब्याज  र २९ औ रा प.बैठकका दौरान हुने केन्द्रीय कार्यसमिति निर्वाचनमा विगतमा जस्तै उम्मेदवार मनोनयन शुल्क  बाट प्राप्त हुने रकम बाट माथी उल्लेखित ८ लाख १२ हजार रिन स्वरूप लिइएको रकम चुक्ता गरी सञ्चित कोषमा जम्मा गरिने ।
- कार्तिक मङ्सिर र पुसमा केन्द्रीय कार्यालय सञ्चालन र कार्यक्रमका लागि आवश्यक न्यूनतम ३ लाख सदस्यहरू बाट सहयोग सङ्कलन गरी जुटाइनेछ ।
( स्मरणीय छ ,शान्ति समाजको मासिक आय - व्यय विवरण हरेक महिना समाजका सबै शाखा/१०० भन्दा बढी पदाधिकारी तथा सदस्यहरूलाई इमेल बाट  पठाइन्छ भने वार्षिक आय- व्ययको सम्पूर्ण जानकारी सहितको आर्थिक प्रतिवेदन नेपालका ५० भन्दा बढी सञ्चार माध्यमलाई उपलब्ध गराइन्छ । 
 शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दूतावास, दात्री संस्था, फाउन्डेसन, अन्तर सरकारी संस्था धार्मिक सङ्घसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन ।)

 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links