9851240117

hurpes@gmail.com

Home

About us

Others

awards/ स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा डा. विष्णुमाया परियार/ स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा डा. विष्णुमाया परियार

स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा डा. विष्णुमाया परियार

2024-08-02 12:24:15

1.स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा डा. विष्णुमाया परियार

वर्ष २०८० को “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” मानव अधिकार, सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदानका लागि डा. विष्णुमाया परियारलाई प्रदान गरिएको छ ।  वैशाख ८ गते मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले डा. विष्णुमाया परियारलाई रु. एक लाख १० हजार राशीको सो पुरस्कार प्रदान गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले डा.विष्णुमाया परियारले मानव अधिकार, समानता र सामाजिक न्यायको आन्दोलनमा गरेको योगदानबारे चर्चा गर्दै डा. परियारले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिष्ठा अभिवृद्धि गरेको र उहाँको योगदान सबै नेपालीका लागि गौरवको विषयको भएको बताउनुभएको थियो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले डा. विष्णुमाया परियारले स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा निर्वाह गर्नुभएको विशिष्ट भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. विष्णुमाया परियारले मानव अधिकार र सामाजिक न्यायको आन्दोलनबारे प्रकाश पार्नुभएको थियो ।

समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसदहरु कान्तिका सेजुवाल, विष्णुदेवी पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, पिस कोरका नेपाल निर्देशक ट्रोय कोफ्रोत, उच्च अदालतका पूर्व का.मु मुख्य न्यायाधीश शेषराज शिवाकोटी, वरिष्ठ पत्रकार अखण्ड भण्डारी, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाई, शान्ति समाजका वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापतिद्वय पुष्पा मल्ल र राजेन्द्र पौडेलले मन्तव्य र कवि अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संस्थाहरुद्वारा डा. विष्णुमाया परियारलाई सम्मान समेत गरिएको थियो । 


2.मिठाईदेबी बिश्वकर्मालाई वर्ष २०७९ को  बद्री पहाडी समाजसेवा पुरस्कार : २०८० कार्तिक २४ गते काठमाण्डौमा सम्पन्न कार्यक्रममा वर्ष २०७९ को रु १ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार श्री मिठाईदेबी बिश्वकर्मालाई  अर्पण गरिएको थियो ।  



Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links