२०८२ को स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न
मानव अधिकार तथा शान्ति समाजले २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जना मध्ये ११ जना स्रष्टाहरुलाई प्रदान गरेको छ ।
२०८२ मङसिर ३ गते काठमाण्डौमा आयोजित कार्यक्रममा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान, रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, वागदेवी राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, गौरी तमुलाइ जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरि प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, पुरष्कृतहरुको तर्फबाट परिवारका सदस्य÷प्रतिनिधिहरुले ग्रहण गर्नुभएकोे थियो ।
पुरस्कृत स्रष्टाहरुले नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन । शान्ति समाज ले २०७७ साल देखि यो पुरस्कारहरु प्रदान गर्दै आएको छ ।
दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा.तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरिएकोमा स्वास्थ्य अवस्थाका कारण उहाँहरु उपस्थित हुन सक्नुुभएन ।
शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटी, कवि अर्जुन पराजुली, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई र रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिल्ली जैसी, सचिव दिवाकर पुडासैनी, सचिव प्रेम पटेल, सचिव तुुलसीराम सुनार, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, पुुर्व कोषाध्यक्ष किरण ढकाल र स्रष्टा रामबाबु दाहालले सो पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा उपसभापतिहरु लक्ष्मीनारायण मिश्र र धन थापा, पूर्व बरिष्ठ उपसभापति तथा अनुशासन समितिका संयोजक कृष्णबहादुर रावलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब प्रकाश शाहीले गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
1.२०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान पुरस्कारहरु २०८१ पुष १२ गते काठमाण्डौमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।
यस क्रममा प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, प्रा. डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिला सेलिङ्ग माबोलाई चन्द्रकला खनाल
अहिंसा स्रष्टा सम्मान, बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरेको हो । लिला सेलिङ्ग माबो हाल बेलायतमा हुनुभएकोले उहाँका माता पिताले पुरस्कार ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लोकतन्त्रवादी नेता एवं स्रष्टा नरहरि आचार्य, गोकर्णश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कवि अर्जुन पराजुली, उच्च अदालतका पूर्व का।मु। मुख्य न्यायाधीश शेषराज शिवाकोटी, शान्ति समाजका पूर्व सभापतिहरु गोविन्द खनाल, उत्तम पुडासैनी, होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, लगायतले पुरस्कृत स्रष्टाहरुलाई रु. २० हजार राशीसहितको पुरस्कार प्रदान गर्नुभएको थियो । समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले स्वागत र उपसभापति राजेन्द्र पौडेल, कोषाध्यक्ष किरण ढकालले स्रष्टाहरुबारे प्रकाश पार्नुभएको थियो भने पुरस्कृत स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन महासचिव रेनुका पौडेलले गर्नुभएको थियो ।
पुरस्कृत स्रष्टाहरुमा ७ जना महिला हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।
2 .११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार र १५ वटा स्रष्टा सम्मान पुरस्कार काठमाण्डौँ र दाङमा आयोजित विशेष कार्यक्रममा प्रदान
गरिएको छ । २०८० कार्तिक २४ गते काठमाण्डौमा सम्पन्न कार्यक्रममा वर्ष २०७९ को रु। १ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार श्री मिठाईदेबी बिश्वकर्मालाई उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले अर्पण गर्नुभएको थियो । यसैगरी अग्रज स्रष्टा राजेन्द्र बिमललाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्ष २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान अर्पण गर्नुभएको थियो । सोही कार्यक्रममा स्व। राजेश्वर नेपालीलाई प्रदान गरिएको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान उहाँका सुपुत्र जनप्रतिनिधि राघवेन्द्र साहले ग्रहण गर्नुभएको थियो । यस्तै डा।रामप्रसाद ज्ञवालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धरलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा। कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्रा।डा। सावित्री कक्षपतीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, प्रा।नवराज पाण्डेयलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, मुकुन्द आचार्यलाई जोगमाया बराल स्रष्टा सौगात, बाजुराम पौडेललाई भूमिप्रसाद बराल स्रष्टा सौगात, कमलादेवी हेमचुरीलाई जनककुमारी रेग्मी स्रष्टा सौगात, लीला रानालाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, मधुराज केरुङलाई राधादेवी दाहाल स्रष्टा सौगात, हंसावती कुर्मीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने श्रीनारायण दाहाल स्रष्टा सौगातद्वारा सम्मानित मधु शाही बस्नेत हुम्लामा रहनुभएका कारण उहाँको नातेदारले पुरस्कार ग्रहण गर्नुभएको थियो । उहाँहरुलाई स्रष्टा अशेष मल्ल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, सचिव रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्व कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल र रामबाबु दाहालले पुरस्कार अर्पण गर्नुभएको थियो । सबै पुरस्कारको राशी रु। २० हजार रहेको छ ।
कार्यक्रममा समसामयिक विषयमा स्रष्टा अर्जुन पराजुलीले र महाकवि देवकोटाप्रति श्रद्धासुमन सहित स्रष्टा रत्ननीधि रेग्मीले कविता प्रस्तुत गर्नुभएको थियो भने उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल र सचिवहरु लक्ष्मीनारायण मिश्र र प्रकाश शाहीले स्रष्टा सम्मान पुरस्कार लगायत सम्मानित व्यक्तित्वहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सम्मानित स्रष्टाहरुले आफ्नो रचना प्रस्तुतिका साथै मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका सभापति रामकृष्ण बरालले गर्नुभएको थियो । यसैगरी कार्तिक २४ गते दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा स्रष्टा मधु हमाललाई वर्ष २०८० को गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात पुरस्कार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचनले प्रदान गर्नुभएको थियो । शाखा सभापति कोमल डि।सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति एवम पुरस्कार छनौट समितिका सदस्य सुशील बस्नेत र सचिव निर्मल नेपालीले विषयमाथि प्रकाश पार्नुभएको थियो भने ९ जना स्रष्टाले रचना प्रस्तुत गर्नुभएको थियो ।