9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन

बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन

2024-08-12 15:52:48

सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न आग्रह गर्दै प्रदर्शन

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न लगायतका विषयमा ध्यानाकर्षण गराउँदै  नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन भएको छ । २०८१ साउन २८ गते दिउँसो मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौ बसुन्धारास्थित बंगलादेशी राजदुतावास अगाडि आधा घण्टा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर, शान्ति र सद्भाव कायम गर, अल्पसंख्यक समुदायमाथि आक्रमण र अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर, बंगलादेश स्वतन्त्रता बिरोधी कट्टरपन्थीहरुको कृडास्थल नबनोस, बंगलादेशः उदार लोकतान्त्रिक धारा अवलम्वन गर, अल्पसंख्यकको सुरक्षा गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित बंगलादेशी राजदुत सलाहुद्धिन चौधरीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा–हालै बंगलादेशमा भएको आन्दोलनको परिणाम स्वरुप गठित अन्तरिम सरकारले घृणा र प्रतिशोधको दुष्चक्रबाट बंगलादेशलाई मुक्त राख्दै सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न र आन्दोलनका दौरान भएका मानव अधिकार उल्लंघनका जघन्य घटनाको निष्पक्ष छानविन गरि दोषीहरुलाई कारबाही सुनिश्चित गर्न आग्रह गरिएको छ । अहिले पनि बंगलादेशमा हिंसा र अराजकता नरोकिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सद्भाव बिथोल्ने र अल्पसंख्यकहरु माथिको आक्रमणका घटनाको निन्दा गरिएको छ । अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण र अत्याचार शिघ्र रोक्न, अल्पसंख्यक लगायत सबै बंगलादेशी नागरिकहरुको सुरक्षाको प्रत्याभूति गर्न र शान्ति एवं सद्भाव कायम गर्ने दिशामा ठोस कदम चाल्न शान्ति समाजका तर्फबाट अन्तरिम सरकारलाई आग्रह गरिएको छ ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links