9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ भ्रष्टाचार विरुद्ध प्रदर्शन

भ्रष्टाचार विरुद्ध प्रदर्शन

2024-08-22 13:17:44

ठूला नेता मिलेका अरब : अरब निलेका,भ्रष्टाचार विरुद्ध प्रदर्शन ।
भ्रष्टाचार मुद्धामा अनुसन्धानका लागि पाँच वर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलहरुको नियत विरुद्ध “सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर”, भन्ने आग्रह गदै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले काठमाडौँको जोरपाटी चोकमा २०८१ भदौ ६ गते प्रदर्शन गरेको छ ।
संसद : भ्रष्टाचारीलाई दण्डित गर्ने कानून बनाऊ, ठूला भ्रष्टाचारमा ठूलै नेता, कानून बनाएरै चोख्याउने चेष्टा नगर, भ्रष्टाचार विरुद्ध हामी सबै एक हौँ , नीतिगत भ्रष्टाचारको श्रृंखला अन्त्य गर, हद म्यादको कसरत संसदलाई बद्नाम बनाउने अभ्यास बन्द गर जस्ता भ्रष्टाचार विरुद्ध विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित ५ दर्जन भन्दा ज्यादा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links