9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ छात्रवृति अभियानमा ४७ लाख ६४ हजारको योगदान:

छात्रवृति अभियानमा ४७ लाख ६४ हजारको योगदान:

2026-02-01 20:25:45

मधेश केन्द्रित पाँच वर्षे छात्रवृतिको समापन:

मोरङका २६ जना बालिकालाई पाँचौ तथा अन्तिम वर्षको छात्रवृत्ति प्रदानः “छोरी पढाऔं : गरिमा बढाऔँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ सालमा प्रारम्भ गरेको मधेस केन्द्रित पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तगर्त २६ जना विपन्न दलित समुदायका बालिकालाई पाँचौ अर्थात अन्तिम वर्षको छात्रवृत्ति प्रदान गरिए संगै पांच वर्षे अभियानको समापन भएको छ ।२०८२ माघ ७ गते अपराह्न बिराटनगरमा आयोजित कार्यक्रममा कटहरी गाँउपालिकाथलाहास्थित श्री जनता मा.वि का २१ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का पाँच जना गरी कक्षा १०  मा अध्ययनरत २६ जना बालिकालाई वर्ष २०८२  को पाँचौ तथा अन्तिम वर्षको छात्रवृत्ति रकम प्रत्येकलाई रु. १२ हजार शान्ति समाजका पदाधिकारी तथा दाताहरुद्वारा प्रदान गरिएको थियो ।

२०७८ सालबाट प्रारम्भ भएको मधेस केन्द्रित छात्रवृति अभियानको क्रममा पाँचौ वर्ष सम्मका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले दुई जना,उर्मिला पराजुलीले २ जनाशैशव खनाल र आर्या पाण्डेका अभिभावकरामकृष्ण बरालहोमकान्त चौलागाईगोविन्द खनालकृष्णबहादुर रावलकिरण ढकालडिकप्रसाद घिमिरेअधिवक्ता विकास थापानम्रता खरेलसुदीप रिजालभेषराज पोखरेलडिल्लीबहादुर कार्कीकोमलप्रसाद शर्मायमुना कँडेलरामबाबु दाहाललोचन रिजालराजेन्द्र खनालभैरव रिजालअच्युत बरालमीना चौलागाईराधिका खनाल र लक्ष्मी बरालले रु १२ हजारका दरले सहयोग गर्नुभएको थियो। 

९.६ दाताहरुलाई सम्मान सहित प्रसंसा पत्र :शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेलनिवर्तमान सभापति एवम सल्लाहकार रामकृष्ण बराल, सल्लाहकार रामप्रसाद जोशी, उपसभापति लक्ष्मीनारायण मिश्र, महासचिव प्रकाश शाही लगायतले पाँच वर्ष सम्म छात्रवृतिका लागि  निरन्तर आर्थिक योगदान गर्ने बिराटनगर स्थित १० जना दाताहरुलाई सोहि कार्यक्रममा सम्मान सहित प्रशंसा पत्र  प्रदान गर्नुभएको थियो।

यसै गरि कर्णाली केन्द्रित तीन वर्षे छात्रवृति अभियानका लागि निरन्तर सहयोग गर्ने ७० जना दाताहरु लाई समेत (प्रत्येक बर्ष रु १२ हजारका दरले)  यसै वर्ष सम्मान सहित प्रसंशा पत्र प्रदान गराईएको थियो । मधेस र कर्णाली केन्द्रित छात्रवृतिका लागि झन्डै १०० जना दाताहरुले योगदान गर्नुभएको थियो।

९.७ छात्रवृति अभियानमा ४७ लाख ६४ हजारको योगदान: शान्ति समाजले २०७८ सालमा सुरु गरेको पाँच वर्षे मधेस केन्द्रित र २०८० मा सुरु गरेको कर्णाली केन्द्रित बालिका छात्रवृति अभियानका दौरान शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु गरि १०० जनाले ४७ लाख ६४ हजार योगदान गर्नुभएको थियो ।यस क्रममा कर्णाली केन्द्रित छात्रवृतिमा २७ लाख ९६ हजार र मधेस केन्द्रित छात्रवृतिमा १९ लाख ६८ हजार सहयोग प्रदान गरिएको थियो। 

९.८ बालिकाले बिद्यालय छाड्ने क्रम निरन्तर: शान्ति समाजले पाँच वर्षे मधेस केन्द्रित छात्रवृति ३७ जनाबाट र कर्णाली केन्द्रित छात्रवृति ८४ जनाबाट सुरु गरेको थियो ।कक्षा ६ मा पढ्ने बालिकाहरुलाई निरन्तर सो छात्रवृति प्रदान गर्नुको एउटा उदेश्य उच्च शिक्षा सम्म अध्ययन निरन्तर राख्न  प्रोत्साहन गर्नु थियो। तर १० कक्षा सम्म आइपुग्दा मधेसमा ११ जनाले र कर्णालीमा १४ जनाले बिद्यालय छोडेको  हुँदा क्रमस २६ र ७० मा सिमित रहेको पाइयोयसले आज पनि बालिकाहरुले बिचमै बिद्यालय छाड्नु पर्ने दुखद परिस्थिति विद्धमान रहेको दर्साउँछ

९.९ तसर्थ पनि शान्ति समाजले यी दुवै अभियान निरन्तर राख्ने सोच बनाएको छ। कर्णाली केन्द्रित छात्र्वृतिका लागि रु १९ लाखको अक्षयकोष स्थापना भैसकेको हुँदा २०८३ सालदेखि बिकट कर्णाली (हुम्ला र डोल्पा)मा रु १० हजारका दरले दुई दर्जन हाराहारीमा छात्रवृति वितरण गरिनेछ। यसै गरि मधेस प्रदेसमा पनि त्यति नै संख्यामा २०८३ सालदेखि छात्रवृति वितरण गर्न अक्षयकोष खडा गर्नुश्रोत जुटाउनु आवश्यक  भएको छ । स्मरणीय छ बिकासको अधिकार अन्तर्गत शान्ति समाजले बिकट कर्णाली र सिमान्त मधेसको उत्थानमा जोड दिंदै यो अभियानलाई निरन्तरता दिनेछ। 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links