9851240117
hurpes@gmail.com
2026-02-01 20:04:54

1.लोकतन्त्रलाई लयमा फर्काउन बिशेष अभियान: १० जिल्लामा नागरिक संवाद :
२०८२ फागुन २१ गते घोषित प्रतिनिधि सभाको निर्वाचन हुने नहुने अन्योल कायम रहेको र राजनीतिका समाज नै उदासिन देखिएको पृष्ठभूमिमा शान्ति समाजले घोषित मिति फागुन २१ मै निर्वाचन हुनुपर्ने अडान सहित “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद कार्यक्रम प्रारम्भ गरेको थियो । यस क्रममा समाजका जिल्ला शाखाहरुको आयोजनामा पुष २९ गते देखि माघ ७ गते सम्ममा १० वटा नागरिक संबाद कार्यक्रम सम्पन्न भएको थियो । यसका लागि २ पृष्ठको अबधारणा पत्र तयार गरिएको थियो । १० वटै नागरिक संवाद कार्यक्रमहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख वक्ताको रुपमा र सभापति रेनुका पौडेलले विशिष्ट वक्ताको रुपमा मन्तव्य व्यक्त गर्नु भएको थियो भने महासचिव प्रकाश शाहीले समाजद्वारा तयार गरिएको अवधारणा पत्र प्रस्तुत भएको थियो । नागरिक अगुवा कवि अर्जुन पराजुलीले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो ।यसै गरि उपसभापति लक्ष्मीनारायण मिश्रले ४ जिल्लामा र केन्द्रीय सदस्य नम्रता खरेलले ५ जिल्लामा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम आयोजना विवरण यसप्रकार थियो।
क) २०८२ पुष २९ गते अपराह्न चितवन शाखाद्वारा भरतपुरमा आयोजित कार्यक्रमको सभापतित्व चितवन शाखा सभापति पूर्णचन्द्र चापागाईले गर्नुभएको थियो भने बागमती प्रदेस सचिब दिवाकर पुडासैनी, केन्द्रीय सदस्य शम्भु राउत सहित राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकाय सहित जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
ख) २०८२ पुष ३० गते बिहान नवलपुर शाखाद्वारा गैंडाकोटमा आयोजित कार्यक्रमको सभापतित्व नवलपुर शाखा सभापति कमल शर्माले गर्नुभएको थियो भने बागमती प्रदेस सचिब दिवाकर पुडासैनी, सहित राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
ग) २०८२ पुष ३० गते अपराह्न पर्सा शाखाद्वारा बीरगंजमा आयोजित कार्यक्रमको सभापतित्व पर्सा शाखा सभापति सुनिद्र ठाकुरले गर्नुभएको थियो भने मधेस प्रदेस सचिब प्रेम पटेल सहित राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
घ) २०८२ माघ १ गते अपराह्न महोत्तरी शाखाद्वारा जलेश्वरमा आयोजित कार्यक्रमको सभापतित्व महोत्तरी शाखा सभापति सुभाष बिच्छाले गर्नुभएको थियो भने राजनितिक समाज,नागरिक समाज, जिल्ला प्रशासन र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
ङ) २०८२ माघ ४ गते बिहान झापा शाखाद्वारा बिर्तामोडमा आयोजित कार्यक्रमको सभापतित्व झापा शाखा सभापति प्रकाश दाहालले गर्नुभएको थियो भने समाजका संस्थापक सदस्य लिला खनाल सहित राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
च) २०८२ माघ ४ गते अपराह्न इलाम शाखाद्वारा इलाममा आयोजित कार्यक्रमको सभापतित्व इलाम शाखा सभापति तिर्थ निरौलाले गर्नुभएको थियो भने राजनितिक समाज,नागरिक समाज,जिल्ला प्रशासन र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
छ) २०८२ माघ ५ गते दिउसो तेह्रथुम शाखाद्वारा म्यांगलुगमा आयोजित कार्यक्रमको सभापतित्व तेह्रथुम शाखा सभापति शंकर प्रसाद जोशीले गर्नुभएको थियो भने राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
ज) २०८२ माघ ६ गते बिहान संखुवासभा शाखाद्वारा खादबारिमा आयोजित कार्यक्रमको सभापतित्व संखुवासभाशाखा सभापति लोकदर्शन शाक्यले गर्नुभएको थियो भने राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
झ) २०८२ माघ ७ गते बिहान सुनसरी शाखाद्वारा इटहरीमा आयोजित कार्यक्रमको सभापतित्व सुनसरी शाखा सभापति रोबनराज कार्कीले गर्नुभएको थियो भने राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
ञ) २०८२ माघ ७ गते दिउसो मोरङ शाखाद्वारा बिराटनगरमा आयोजित कार्यक्रमको सभापतित्व मोरंग शाखा सभापति प्रा. डा. जीबन ढकालले गर्नुभएको थियो भने राजनितिक समाज,नागरिक समाज र प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
2.मधेसी नागरिक समाजद्वारा शान्ति समाजको अभियान सम्बन्धी विषयमा आयोजित कार्यक्रममा सम्बोधन: शान्ति समाजले सुरु गरेको बिशेष अभियानको शिलशिलामा मधेशी नागरिक समाजको आयोजनामा माघ ३ गते राजबिराजमा पुर्व प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको सभापतित्वमा,सिरहा बिकास मंचको आयोजनामा माघ २ गते दिउसो सिरहा सदरमुकाममा प्राध्यापक चन्देश्वर यादवको सभापतित्वमा र माघ २ गते अपराह्न लहानमा नागरिक अगुवा रामरिझन यादवको सभापतित्वमा “शत्रुताविहीन आचरण ,मित्रवत प्रतिस्पर्धा आ निर्वाचन के अपरिहार्यता ”विषयक अन्तर कृयात्मक गोष्ठी सम्पन्न भएको थियो । उपरोक्त ३ वटा गोष्टिहरुमा समाजका सस्थापक सभापति कृष्ण पहाडीले प्रमुख अतिथि र सभापति रेनुका पौडेलले विशिष्ट अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुका साथै समाजद्वारा तयार गरिएको अवधारणा पत्र महासचिव प्रकाश शाही द्वारा प्रस्तुत भएको थियो । नागरिक अगुवा कवि अर्जुन पराजुलीले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो । सो कार्यक्रमहरुमा मधेस आन्दोलनका अगुवाहरु, जनप्रतिनिधिहरु, राजनीतिक समाज,नागरिक समाज, प्रेसका प्रतिनिधिहरु लगायतले मन्तव्य व्यक्त गर्नुका साथै गहन छलफल भएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links