9851240117

hurpes@gmail.com

About us

Others

campaigns/ नागरिक स्वतन्त्रताको शत्रु पूर्वराजा ज्ञानेन्द्र शाह–कृष्ण पहाडी

नागरिक स्वतन्त्रताको शत्रु पूर्वराजा ज्ञानेन्द्र शाह–कृष्ण पहाडी

2025-04-23 17:18:22


मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु पूर्व राजा ज्ञानेन्द्र भएको बताउनुभएको छ । केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र र वाद हुँदैन भन्ने भनाईप्रति टिप्पणी गर्दै पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु् पूर्व राजा ज्ञानेन्द्र्र शाह नै भएको इतिहासबाट प्रमाणित भइसकेको बताउनुभएको हो । 

१९ औँ लोकतन्त्र दिवसका अवसरमा २०८२ वैशाख १० गते मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित “सुशासन र सशक्तिकरणले लोकतन्त्रलाई स्थायी बनाउँछः कुशासन र भ्रष्टाचारले लोकतन्त्रको आयु घटाउँछ, कुशासन र दण्डहीनतालाई बढावा दिने नेताहरु लोकतन्त्रका शत्रु हुन, लोकतन्त्रको प्राण हरण गर्न खोज्नेहरु नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु हुन” विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले केही दर्जन भ्रष्ट नेताहरुका कारण लोकतन्त्रलाई नै धराप पारिएको भन्दै दागी नेताहरुलाई कारबाही गरि सुशासन प्रत्याभूतिको सन्देश दिन आग्रह गर्नुभयो । पहाडीले जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरुसँग विगतमा भएका सहमति शिघ्र कार्यान्वयनमा जोड दिनुभयो । 

कार्यक्रममा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा योगदान गर्ने नागरिक अगुवाहरु कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी, नेपाल मेडिकल एशोसिएसनका पूर्व सभापति डा. केदारनरसिंह केसी, कवि अर्जुन पराजुली,  नन्दकृष्ण जोशीले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताउनुभयो । 

कार्यक्रममा २२ दिनदेखी जारी शिक्षकहरुको आन्दोलनबारे शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तथा शान्ति समाजका पूर्व झापा शाखा सभापति तेजप्रसाद चौलागाईले प्रकाश पार्नुभएको थियो भने नागरिक अगुवाहरुले शिक्षक आन्दोलनलाई शिघ्र सम्बोधन गर्न सम्बन्धीत निकायहरुलाई आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल वार एशोशियसनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्र, शान्ति समाजका निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, सल्लाहकार रामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रममा वरिष्ठ उपभापति राजेन्द्र पौडेलले यसै सन्दर्भमा शान्ति समाजले तयार गरेको ४ पृष्ठको अवधारणापत्र प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष चन्द्रमणी बञ्जाराले स्वागत मन्तव्य र सदस्यता अपिल समितिका संयोजक किरण ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वैशाख ११ लोकतन्त्र दिवसमा १७ जिल्लामा कार्यक्रमः लोकतन्त्र दिवसको सेरोफेरोमा “सुशासन र सशक्तिकरणले लोकतन्त्रलाई स्थायी बनाउँछः कुशासन र भ्रष्टाचारले लोकतन्त्रको आयु घटाउँछ, विषयमा १७ जिल्लामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसमध्ये ९ वटा नागरिक संवाद थिए भने ८ वटा प्रदर्शन रहेको थियो । रुपन्देही, तेह्रथुम, पाल्पा, गुल्मी, सुर्खेत, दाङ, सल्यान, इलाम र पाँचथर जिल्ला शाखाले नागरिक संवाद गरेका थिए । यसैगरी काठमाण्डौ, चितवन, नवलपुर, म्याग्दी, संखुवासभा, मोरङ, कपिलवस्तु र महोत्तरी शाखाले प्रदर्शन÷दीप प्रज्वलन कार्यक्रम गरेका थिए । 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com