१९ औं रास्ट्रिय सुचना दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज द्धारा सुचनाको हक संरक्षणका लागि नागरिक संवाद कार्यक्रम
२०८२ भाद्र ३ गते काठमान्डौमा सम्पन्न। समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुचनाको हक लागि रास्ट्रिय महासंघका अध्यक्ष प्रमुख वक्ता उमिद वागचन्द सहित समाजका सल्लाहकार रामकृष्ण बराल, महासचिव प्रकाश शाही, कोषाध्यक्ष चन्द्रमणी बन्जारा, काठमान्डौ शाखा उपसभापति सार्जन चापागांई, सचिव रविना पौडेल धमला काठमान्डौ शाखा पुर्व सभापति ईस्वर पुडासैनि, सदस्य रिता अधिकारी लगाएतले धारणा व्यक्त गर्नुभएको थियो। नागरिक संवाद कार्यक्रममा शान्ति समाज केन्द्रिय कार्यसमिति, काठमान्डौ शाखा कार्यसमिति र ललितपुर शाखा कार्यसमिति का पदाधिकारी सहित ४० जनाको सहभागिता रहेको थियो।