9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ समुन्नत/समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न आग्रह गर्दै अभियान प्रारम्भ

समुन्नत/समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न आग्रह गर्दै अभियान प्रारम्भ

2025-06-08 12:48:11

समुन्नत/समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न आग्रह गर्दै अभियान प्रारम्भः मानवअधिकार तथा शान्ति समाजले समुन्नत÷समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न आग्रह गर्दै नागरिक संवादको श्रृंखला प्रारम्भ गरेको छ । २०८२ जेठ २४ गते शनिवार दिउँसो शान्ति समाज सुर्खेत शाखाद्वारा सुर्खेतमा यो श्रृंखला अन्तर्गत पहिलो नागरिक संवाद भव्यरुपमा सम्पन्न भएको थियो । 

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्री तथा सांसदहरु, पूर्व अर्थमन्त्रीहरु , योजना आयोगकाा सदस्य, विश्व विद्यालयका पदाधिकारी तथा प्राज्ञहरु, राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरु गरि सय भन्दा बढीको सहभागिता रहेको नागरिक संवादमा शान्ति समाजद्वारा तयार गरिएको चार पृष्ठको अवधारणापत्र प्रस्तुत गरिएको थियो । सुर्खेत शाखा सभापति दिपक गौतमको सभापतित्वमा सम्पन्न नागरिक संवादमा प्रमुख अतिथि कर्णाली सरकारका पुर्व मुख्यमन्त्री जीवन ब. शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेशका पूर्व अर्थमन्त्रीहरु विन्दमान विष्ट र वेदराज सिंह, प्रमुख वक्ता शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, शान्ति समाजका सभापति रेनुका पौडेल, पुर्व सामाजिक विकास मन्त्री खड्क पोख्रेल, नेपाली कांग्रेस प्रमुख सचेतक हिक्मत विष्ट, योजना आयोग कर्णाली प्रदेशका सदस्य अशोकनाथ योगी, मध्यपश्चिम विश्व विद्यालयका रजिस्ट्रार शोभाकर कंडेल लगायत राजनीतिक र नागरिक समाजका गरि दुई दर्जन बढी वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । शान्ति समाजद्वारा तयार गरिएको अवधारणापत्र कर्णाली प्रदेश सचिव दिल्लीप्रसाद जैसीले प्रस्तुत गर्नुभएको थियो भने सहजिकरण महासचिव प्रकाश शाहीले र स्वागत मन्तव्य केन्द्रिय सदस्य सीता यरीले गर्नुभएको थियो ।  

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा समुन्नत/समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न आग्रह विषयक नागरिक संवाद २०८२ जेठ २५ गते कालिकोटको मान्ममा सम्पन्न भएको छ ।  कार्यक्रममा राजनीतिक समाज, नागरिक समाजको सहभागिता रहेको थियो । शान्ति समाजका तर्फबाट महासचिव प्रकाश शाही, गण्डकी प्रदेश सचिव तिर्थराज न्यौपाने र सुर्खेत शाखा सभापति दिपक गौतमको सहभागिता रहेको थियो । 

यसैगरी जेठ २६ गते जुम्ला जिल्लाको कनकासुन्दरीमा यसै विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको थियो ।

 मुगुको गमगढीमा नागरिक संवाद सम्पन्न
मानव अधिकार तथा शान्ति समाज मुगु शाखाको आयोजनामा मुगुको गमगढीमा २०८२ जेठ २७ गते समुन्नतरसमृद्ध कर्णालीका लागी सार्थक योगदान गर्न आग्रह विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । शान्ति समाज मुगु शाखाका सभापति चित्र बहादुर मल्लको सभापतित्वमा सम्पन्न नागरिक संवादमा जिल्ला समन्वय समितिका प्रमुख,  सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका निरिक्षकहरु, नेपाली कांग्रेसका कार्यवाहक सभापति, ने.क. पा एमालेका सचिवसहित राजनीतिक समाजका प्रतिनिधिहरु, पत्रकार महासंघ मुगुका अध्यक्षसहित नागरिक समाजका प्रतिनिधिहरु, जनप्रतिनिधीहरुको सहभागिता थियो ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links