अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च)का अवसरमा शान्ति समाजद्वारा नागरिक संवाद सम्पन्न
११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च)का अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा २०८१ फागुन २३ गते आयोजित “महिला अधिकारः मानव अधिकार, सन्दर्भः नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक २०८१” विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ वाग्मतीनगरस्थित केन्द्रिय कार्यालयको सभाकक्षमा सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रममा प्रमुख अतिथि वक्ता राष्ट्रिय सभा
सदस्य, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्त, अतिथि वक्ता प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका सचेतक शोशी चौधरी, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाई, निवर्तमान सभापति रामकृष्ण बराल, स्रष्टा रामेश्वरी पन्त, अधिवक्ता शशी बस्नेत, समाजशास्त्री निर्मला ढकाल, पत्रकार विनु सुवेदी, दीपा दाहाल, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शान्ति समाज वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रिय सदस्य रुपा पुडासैनीले स्वागत मन्तव्य र केन्द्रीय सदस्य नम्रता खरेलले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।