9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ सञ्चारगृहहरुमा तोडफोड गर्ने गिरोहका मूल दोषीलाई कारबाही गर

सञ्चारगृहहरुमा तोडफोड गर्ने गिरोहका मूल दोषीलाई कारबाही गर

2025-05-04 12:06:05

सञ्चारगृहहरुमा तोडफोड गर्ने गिरोहका मूल दोषीलाई कारबाही गर

विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा २०८२ वैशाख २० गते शान्ति समाजका रुपन्देही, ललितपुर, सुर्खेत, चितवन, पाल्पा, बाँके, नवलपुर र नवलपरासी पश्चिम शाखाले प्रदर्शन गरेका छन् । प्रदर्शनमा श्रमजिवी पत्रकारहरुको अधिकार सुनिश्चित गर, श्रमजिवी पत्रकारमाथिको शोषण बन्द गर, डिजीटल हिंसा बन्द गर, सामाजिक सञ्जाल लगायत प्लाटफर्ममा महिलाहरुको हुर्मत लिने काम बन्द गर, स्वस्थ्य एवं स्वच्छ पत्रकारिताः घृणामुक्त पत्रकारिता, घृणात्मक अभिव्यक्तिलाई खारेज गरौँ, सञ्चारगृहहरुमा तोडफोड गर्ने गिरोहका मूल दोषीलाई कारबाही गर, प्रेस स्वतन्त्रताः आधारभूत मानव अधिकार, प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, प्रेसलाई हतोत्साही बनाउने काम बन्द गर, पत्रकारहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । 


यसैगरी १३६ औ श्रमिक दिवसका अवसरमा शान्ति समाज गुल्मी सुर्खेत र रुपन्देही शाखा द्वारा २०८२ बैशाख १८ गते नागरिक सम्वाद लगायत कार्यक्रम सम्पन्न भएको थियो । 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links