9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ सदभाव प्रवर्द्धन तथा हिँसा र घृणाको खारेजीका लागि प्रदर्शन

सदभाव प्रवर्द्धन तथा हिँसा र घृणाको खारेजीका लागि प्रदर्शन

2026-01-10 10:31:02

१.सदभाव प्रवर्द्धन तथा हिँसा र घृणाको खारेजीका लागि अभियान: २६ जिल्लामा प्रदर्शन 

शान्ति समाजले सद्भाव  प्रबर्द्धन तथा हिँसा र घृणाको खारेजीका लागि बिशेष आग्रह सहित संचालन गरेको अभियानका क्रममा २०८२ पुष २५ देखि  माघ पहिलो साता सम्ममा समाजका जिल्ला शाखाहरुले  २६ जिल्लामा प्रदर्शन गरेका थिए ।यस क्रममा शान्ति हाम्रो अधिकारअहिंसा हाम्रो पहिचानसद्भाव हाम्रो जीवनधारा,सहिष्णुता हाम्रो स्वाभिमान भन्दै  चितवननवलपुरकाठमाडौं, कास्की,मोरङ,दाङ,सल्यान,बागलुङ,कैलाली,पाल्पा,म्याग्दी,महोत्तरी,रुपन्देहीनुवाकोट,सुर्खेत,गोरखा,झापा,ललितपुर,

अछाम,तेह्रथुम,संखुवासभा,बाँके,कपिलबस्तु,गुल्मी,इलाम,रसुवा जिल्लामा प्रदर्शन भएको थियो। 

प्रदर्शनमासमाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौंसमाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छअराजकता होईनहिंसा र घृणा खारेज गरौंअहिंसाशान्ति र सद्भाव प्रवर्द्धन गरौँदिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध अपरिहार्यसहिष्णुता भनेको सम्मान होस्वीकारोक्ति होग्रहणशीलता होबिबिधताको सराहना होधार्मिक सद्भावजातीय सद्भावसामाजिक सद्भाव,राजनीतिक सद्भावस्थायी शान्तिको आधार नै सद्भावसामाजिक संजालको दुरुपयोग होईन,सदुपयोग गरौँ,घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल,सामाजिक संजाललाई भ्रामक जंजालबाट मुक्त राखौंसम्मृद्धिका लागि हिंसामुक्त नेपालहिंसाको कारक बन्ने आवेग माथि नियन्त्रण गरौँशान्तिको जगेर्ना गर्न बिबेक प्रयोग गरौंअफवाहको पछाडी नलागौं भरपर्दो सुचनाको श्रोतमा बिश्वास गरौँउत्तेजना फैलाउनु अपराध होजिम्मेवार भएर सामग्री सम्प्रेषण गरौँ सामाजिक संजाल लगायत सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौँ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

२.मधेस र कोशी प्रदेशमा सद्भाव प्रवर्द्धन र्याली: पछिल्लो चरणमा बीरगंज लगायत देशका केही भागमा घटेका घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सद्भावजातीय सद्भावसामाजिक सद्भावराजनीतिक सद्भावलाई  प्रवर्द्धन गर्न एवं हिंसा र घृणालाई खारेज गर्न  विशेष आहवान सहित शान्ति समाजको आयोजनामा  सस्थापक सभापति कृष्ण पहाडी,सभापति रेनुका पौडेल ,नागरिक अगुवा अर्जुन पराजुलीमहासचिब प्रकाश शाही र केन्द्रीय सदस्य नम्रता खरेल सहितको सहभागितामा पुष ३० देखि माघ ७ गते सम्म  बीरगन्ज,कलैयाचन्द्रपुरजनकपुरसिरहालहानराजबिराजइनरुवाइलामफिदिमम्याङ्लुङखादवारी


हिलेइटहरी र बिराटनगर गरी १५ जिल्लामा  सद्भाव प्रवर्द्धन र्याली गरिएको थियो ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links