9851240117
hurpes@gmail.com
2025-07-27 12:22:01
शान्ति समाज काठमाडौँ शाखाको २८ औँ जिल्ला साधारण सभा सम्पन्नः
मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २८ औं साधारण सभा २०८२ श्रावण १० गते काठमाण्डौमा सम्पन्न भएको छ । “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” भन्ने मूल आह्वानका साथ सम्पन्न साधारणसभाको उद्घाटन ४ वटा दीप प्रज्वलन गरि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्णबहादुर खड्का, प्रमुख वक्ता समाजका सभापति कृष्ण पहाडी, विशिष्ट वक्ताका रुपमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, सांसद तथा पुर्वमन्त्री अम्विका वस्नेत, नेकपा एमालेका स्थायी कमिटि सदस्य पुर्वमन्त्री शेर बहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र वुर्लाकोटी, जनता समाजवादी पार्टी नेपालका उपमहासचिव सांसद प्रकाश अधिकारी, गोकर्णेश्वर नगरपालिकका मेयर दिपक रिसालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाण्डौ शाखाका सभापति विकास थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा शान्ति समाजका सभापति रेनुका पौडेल, निवर्तमान सभापति तथा सल्लाहकार रामकृष्ण बराल, पुर्व सभापति होमकान्त चौलागाईं, महासचिव प्रकाश शाहीले मन्तव्य ब्यक्त गर्नुभएको थियो भने “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” शिर्षकमा समाजले तयार गरेको अवधारणा पत्र वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य नवराज चापागाईले र सञ्चालन सचिव सार्जन चापागाईले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, अधिकारकर्मीहरु गरी १५० बढीको सहभागिता थियो ।
यससँगै नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता शिर्षकमा सुशासन, लोकतन्त्रको रक्षा र स्थायीत्वमा केन्द्रित रहि देशव्यापी अभियान प्रारम्भ भएको छ ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links