9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ शान्ति समाज दाङको २७ औ साधारण सभा सम्पन्न

शान्ति समाज दाङको २७ औ साधारण सभा सम्पन्न

2024-08-10 21:01:29

शान्ति समाज दाङको २७ औ साधारणसभा सम्पन्न

२०८१ साउन २६ गते तुलसीपुरमा शान्ति समाज दाङको २७ औ जिल्ला साधारणसभा सम्पन्न भएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले साधारण सभाको उदघाटन गर्नु भएको थियो । शान्ति समाज दाङका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्व मा सम्पन्न उदघाटन सत्रमा प्रमुख अतिथी पाण्डे,समाजका केन्द्रिय सभापति रामकृष्ण बराल,दंङगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी,बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्री र शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेत,शान्ति समाजका केन्द्रिय कार्यसमितिका सल्लाहकारद्धय उत्तम पुडासैनी र गोबिन्द खनाल,सचिव एबम परिवेक्षक सन्तोष अधिकारी क्षेत्री,सचिव निर्मल नेपाली, निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी,दाङ शाखाका पूर्व सभापतिहरु डिल्लीराज धिताल र मोहन धिताल,प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी,राप्ती बबई क्याम्पसका प्रमुख गणेश पाद्र्ये,उच्च अदालत बारका उपाध्यक्ष श्रीराम चौधरी,थारु कल्याणकारी सभाका कोषाध्यक्ष चुर्ण चौधरी,राष्ट्रिय अपाङ महासंघका प्रदेश उपाध्यक्ष देवा डाँगी,प्याब्सनका प्रदेश अध्यक्ष लालहरी पाण्डे लगायतले मन्तव ब्यक्त गर्नु भएको थियो ।यस बर्षको शान्ति समाजको जिल्ला साधारण सभाहरु बिकास को अधिकार : अहरणिय अधिकार भन्ने आह्वानमा केन्दृत रहेको छ । 

२ बर्षका लागि जिल्ला कार्यसमिति को निर्वाचन : निर्वाचन अधिकृत मोहन प्रसाद धितालका अनुसार ११ सदस्य कार्यसमिति र्निबिरोध निर्वाचित भएको छ ।जसमा कोमल डाँगी सभापति ,अमृत प्रसाद शर्मा उप सभापति,माधव बस्नेत सचिव,मधुसुदन गौतम सहसचिव र निर्मला कुमारी पोख्रेल कोषाध्यक्ष हुनुहुन्छ । त्यस्तै र्निबिरोध सदस्यमा राजनी शाह,भिम लाल मरासिनी, रन्जन राज गौतम,दिपक केसी,भिम कुमारी सुनार र नारायणी वली हुनुहुन्छ भने  नव निर्वाचित कार्यसमितिले दुई जना महिला सदस्य मनोनित गरेको छ ।जसमा बमकुमारी खडका र बबिता कार्की रहेका छन । बाँकी २ जना सदस्य अर्को बैठकले मनोनयना गर्ने छ ।

शान्ति समाजको बिधान अनुसार कार्यसमितिमा ४० प्रतिसत महिला र १ जना दलित समुदायको अनिवार्य हुने ब्यबस्था छ भने संभव भए एक जना अपाङगता भएको ब्यक्ति कार्यसमितिमा हुनुपर्ने छ । शान्ति समाज दाङ शाखामा १०३ जना आजिवन सदस्य रहेका छन् । 




 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links