9851240117
hurpes@gmail.com
2026-01-05 17:17:43

२८ औँ रा.प बैठक सफलतापुर्वक सम्पन्न: २०८२ पुष १८-१९ गते पाल्पा शाखाको आतिथ्यमा समाजको २८ औँ रा.प बैठक तानसेनमा सफलता पुर्वक सम्पन्न भएको थियो।
क)वृक्षरोपणः पुष १५ गते तानसेनमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
ख)२०८२ पुस १६ गते पाल्पा तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पस र तानसेन बहुमुखी क्याम्पसमा जलबायु न्याय,बैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका साथै लागु औषध दुर्व्यसन बिरुद्ध अभियानमा केन्द्रीत रही अन्तरसंवाद कार्यक्रम भएको थियो ।
ग)शान्ति र्यालीः पुष १८ गते दिउँसो २ बजे शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित पाल्पाको तानसेनमा शान्ति र्याली सम्पन्न भएको थियो । रा.प बैठकका सहभागीहरु,पाल्पाको नागरिक समाज,स्थानियहरु सम्मिलित सयौंको र्यालीले तानसेन बजार परिक्रमा गरेको थियो ।
घ)उद्घाटन सत्र: पुष १८ गते दिउँसो तानसेन नगरपालिकाको सभाकक्षमा शुरु भएको २८ औँ रा.प बैठकको उद्घाटन दलित,अपाङ्गता भएका, ज्येष्ठ र एकल महिला गरि ४ जनाले पानसमा बत्ती बाली संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख बक्ता संस्थापक सभापति कृष्ण पहाडी र जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल,तानसेन नगरपालिका प्रमुख सन्तोसलाल श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक सुमन गैरे, जिल्ला न्याधीश हरिप्रसाद शर्मा उपाध्याय पंगाली, समाजका निवर्तमान सभापति रामकृष्ण बराल, पुर्व सभापति होमकान्त चौलागाई, पुर्व सभापति गोविन्द खनाल, समाजका संस्थापक सदस्य कृष्ण कंडेल, पत्रकार महासंघ जिल्ला अध्यक्ष कमल तिमिल्सिना, उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई, शान्ति समाजका अनुशासन समिति संयोजक कृष्ण बहादुर रावलले मन्तव्य व्यक्त गर्नुभएको थियो । मुल तयारी समिती संयोजक तथा केन्द्रीय सदस्य अरुण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उद्घाटन सत्रको सञ्चालन महासचिव प्रकाश शाहीले गर्नु भएको थियो ।
ङ) शाखा सम्मानः २०८१ मा सफलताका साथ २७ औँ राष्ट्रिय परिषद् संयुक्त रुपमा आतिथेय गर्ने चितवन र नवलपुर शाखालाई उद्घाटन सत्रमा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
च) शान्ति काव्य प्रवाहः पुस १८ गते साँझ पाल्पाका एक दर्जन स्रष्टाहरुले शान्ति काब्य प्रवाहमा रचना वाचन गर्नुभएको थियो ।
छ) रा.प बैठकले बार्षिक गतिबिधि सम्बन्धी प्रतिबेदन,लेखापरीक्षण तथा आर्थिक प्रतिबेदन, वार्षिक बजेट र कार्ययोजना तथा ५ वटा प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो। आतिथ्य पाल्पा शाखा, मूल तयारी समिति र संयोजक अरुण ज्ञवाली,अनुशासन समिति संयोजक कृष्ण बहादुर रावल, १४ वटा उपसमिति र सम्पूर्ण सहभागीहरु सहित रा.प बैठक सफल तुल्याउन योगदान गर्ने सवै प्रति हार्दिक आभार तथा धन्यबाद।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links