9851240117
hurpes@gmail.com
2025-12-22 17:37:23

फागुन २१ को चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ—राष्ट्रपति पौडेल
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समय सम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मान्यता र नागरिक सर्वोच्वताको खिलाफ हुने हुँदा घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने बिश्वास व्यक्त गरेको छ ।
२०८२ पुस ७ गते राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले “मुलुकमा अब खेलवाड गरिरहने अवस्था छैन, फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चय तिर जान्छ त्यही भएर फागुन २१ को चुनाव सफल पार्नु सबै नेपालीको दायित्व हो । यो सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गरेर बिदा हुन्छ” भन्नुभयो ।
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, सलाहकार रामप्रसाद जोशी, बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बन्जारा, सदस्यता अपिल समित संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, रुपा पुडासैनी, मणिराम दाहाल, काठमाडौं शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने र काठमाडौं शाखा सचिव रविना धमला हुनुहुन्थ्यो ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links