9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ वाग्मती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

वाग्मती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

2025-06-22 12:57:24

असार ७ गते सामाजिक न्यायदेखि जलवायु न्यायसम्म विषयमा केन्द्रित रहि मानव अधिकार तथा शान्ति समाजको आयोजनामा वाग्मती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वाग्मती प्रदेश र बारा, पर्सा जिल्ला समेत गरी सात जिल्लाबाट ७० जनाको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रमको अन्त्यमा “संक्रमणकालीन न्याय प्रक्रियाः पिडित÷नागरिक समाजको अबको संयुक्त आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था” विषयमा अन्तरसंवाद सम्पन्न भएको थियो । संक्रमणकालीन न्याय विषयमा संविधानसभा सदस्य एकराज भण्डारी (वेपत्ता पारिएका परिवार सदस्य) र द्वन्द पिडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्थामा केन्द्रित रहि वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी र लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि शान्ति समाजले कोशी प्रदेशको इटहरीमा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links