9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन

युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन

2025-06-22 11:42:56


युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन 

इजरायल–इरान लगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्ध तत्काल अन्त्य र विश्व शान्तिको कामना गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौमा प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ । २०८२ असार ७ गते साँझ वाग्मतीनगरबाट शुरु भएको प्रदर्शन बौद्धनाथ पुगी दीप प्रज्वलनसँगै समापन भएको थियो । प्रदर्शनमा युद्ध रोक शान्ति प्रवद्र्धन गर, संवादमार्फत समस्याको समाधन गर भन्दै इजरायललाई आक्रामकता त्यागी शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर्न र इरालनलाई आणविक महत्वकांक्षा त्याग्न आग्रह गर्नुका साथै विश्व शान्तिको कामना गर्दै बौद्धनाथमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापतिहरु रामकृष्ण बराल र होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, अनुशासन समिति संयोजक कृष्णबहादुर रावल, सचिवहरु प्रेम पटेल र दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल र सदस्य सानु लामा, केन्द्रिय सदस्यहरु नम्रता खरेल, उमा गौतम, शम्भु राउत, रोजिना विष्ट, मणिराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापालगायत शान्तिवादीहरुको सहभागिता थियो । 


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links