9851240117

hurpes@gmail.com

Home

About us

Others

अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बर २०२४ (५ असोज २०८१)

Event date:

2024-09-21

अन्तर्राष्ट्रिय शान्ति दिवस–२१ सेप्टेम्वर

२१ सेप्टेम्वरका दिन विश्वभरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ । यो दिवसले समस्त मानवतालाई सबै मतभेदभन्दा मािथ उठेर शान्तिका लागि प्रतिवद्ध हुन र शान्ति संस्कृतिको निर्माणमा योगदान गर्नका लागि विश्वव्यापी रूपमा साझा मिति प्रदान गर्दछ ।

सन् १९८१ मा महासभा सुरू भएको दिन पारेर संयुक्त राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी शान्ति दिवस मनाउने निर्णय भएको थियो । सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । त्यसबेला सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार संयुक्त राष्ट्रसंघको महासभा सुरू हुन्थ्यो र त्यही दिनलाई शान्ति दिवसका रूपमा मनाइन्थ्यो । त्यसो हुँदा सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार मनाइने शान्ति दिवसको मिति पनि तलमाथि हुन्थ्यो । तर सन् २००२ मा संयुक्त राष्ट्र महासभाले आधिकारिक रूपमै सेप्टेम्बर २१ लाई स्थायी रूपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गर्यो । संयुक्त राष्ट्र महासभाले २४ घण्टे अहिंसा र युद्ध विरामको माध्यमबाट शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनको रूपमा यो दिवस घोषणा गरेको थियो । 

शान्तिको कामना शान्तिको उपासना शान्तिको आराधना गर्दै जोसुकैले जहाँसुकै पनि शान्ति दिवस मनाउन सक्छन् । यो दिन ‘युद्ध विरामको दिन’ पनि हो, व्यक्तिगत वा राजनीतिक तवरमा । राष्ट्र र जनतामाझ शान्तिलाई अझ मजबुत बनाउनु, शान्तिको प्रवद्र्धन गर्नु र शान्ति संस्कृतिको निर्माणमा योगदान गर्नु नै यो दिवसको उद्देश्य हो ।

शान्तिका लागि कार्यरत मानव अधिकार तथा शान्ति समाजले स्थापनाकालदेखि नै विशेष महत्वका साथ शान्ति दिवस मनाउँदै आएको छ । सन् २०२३ मा ४२ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको थियो । 

विश्व शान्तिवmा लागि हिंसावmो समाप्ति, द्वन्द्व समाधान र निःशस्त्रीवmरण अत्यन्त आवश्यवm छ । न्यायवmो उपस्थिति र सामाजिवm न्यायवmो प्रत्याभूति शान्तिवmा लागि अत्यावश्यवm छ  । 

अहिंसा नै शान्तिवmो जग हो, आधारशीला हो । युद्ध शान्तिवmो सबैभन्दा ठूलो शत्रु र बाधा हो । शान्ति सिद्धान्तमा भन्दा आचरणमा ज्यादा प्रतिबिम्बित हुन्छ । शान्ति आख्यानमा भन्दा उदाहरणमा ज्यादा प्रबल हुन्छ । 

शान्तिवmा लागि स्वतन्त्रता नितान्त आवश्यवm छ । स्वतन्त्रता भनेवmो आधारभूत स्वतन्त्रता हो । त्यस्तो स्वतन्त्रता तथा मानव अधिवmारवmो सम्मान र प्राप्तिले नै स्थायी शान्तिवmो जग बलियो बनाउँछ । शान्ति मानव अधिवmार हो । शान्तिलाई तेस्रो पुस्ता अधिवmारवmा रूपमा पनि चित्रण गर्ने गरिन्छ । मानव अधिवmारवmो संरक्षणले नै दीर्घवmालीन शान्ति सुनिश्चित गर्छ ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links