9851240117

hurpes@gmail.com

Home

About us

Others

press releases/ ९५ औँ शान्ति काव्य प्रवाह सम्पन्न

९५ औँ शान्ति काव्य प्रवाह सम्पन्न

2024-08-15 16:48:48

By peace society nepal

प्रेस विज्ञप्ति

स्रष्टाहरुद्वारा शान्ति र सद्भाव प्रवद्र्धनका लागि आह्वान 

युद्धको समाप्ति, शान्ति र सद्भाव प्रवद्र्धनमा जोड दिँदै ९५ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८१ साउन ३१ गते समाजको केन्द्रीय कार्यालय वाग्मतीनगरमा सम्पन्न शान्ति काव्य प्रवाहमा स्रष्टाहरुले आफ्नो रचना मार्फत विश्वमा बढ्दै गइरहेको युद्ध र हिंसाको अन्त्यका लागि आह्वान गरेका थिए । यसैगरी स्रष्टाहरुले नेपालमा विद्यमान विकृति र बेथितिको विरोध गर्दै नागरिक निरासाको चित्रण गरेका थिए । 

काव्य प्रवाहमा वरिष्ठ स्रष्टा  स्व. परशु प्रधानप्रति श्रद्धाञ्जलीसहित एक मिनेट मौन धारण गरिएको थियो । स्रष्टा प्रधानको २०८० चैत ५ गते राति निधन भएको थियो । 

कार्यक्रममा स्रष्टा रामबाबु दाहालद्वारा लिखित बबिना भट्राईको संगित तथा गायन रहेको “सपनीमा” शिर्षकको गीतको लोकापर्ण गरिएको थियो । 

समाजका सभापति रामकृष्ण बरालको सभापतित्व र महासचिव रेनुका पौडेलको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा रामबहादुर पहाडी, गोविन्दप्रसाद घिमिरे वेदमणी, रत्ननीधि रेग्मी शुक्राचार्य, भाग्यशाली अधिकारी, मेनका पोख्रेल आचार्य, ऋचा, डा.बमबहादुर थापा, शान्ति रिसाल, राजेन्द्र प्रसाद ढुंगाना, सारदा पराजुली, लोचन रिजाल, मधु पोख्रेल, भुवन सिवाकोटी, रुद्र अधिकारी, जनार्दन अधिकारी, गगनदिप सर्व, रविन्द्र आसिश शैली, निर्मल पराजुली, टेकबहादुर लौडारी, अच्युतप्रसाद पौडेल, सरला तिमल्सिना, विष्णु थापा सहित २२ जना स्रष्टाहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

समाजका तर्फबाट

 सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज 

३१ साउन २०८१


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links