9851240117
hurpes@gmail.com

2026-01-10 10:24:14
By HURPES
प्रेस विज्ञप्ति
सदभाव प्रवर्द्धन र घोषित मितिमै निर्वाचनका लागि दुई अभियान प्रक्षेपण
सदभाव प्रवर्द्धन र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न दवाव स्वरुप मानव अधिकार तथा शान्ति समाजले दुई वटा अभियान प्रक्षेपण गरेको छ । पुष २५ देखि सद्भाव प्रवद्र्धनको आग्रहसहित शान्ति समाजका जिल्ला शाखाहरुले प्रदर्शन प्रारम्भ गरेका छन । शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा,सहिष्णुता हाम्रो स्वाभिमान भन्दै पुष २५ गते समाजको अछाम र सल्यान शाखाले र पुष २६ गते समाजको काठमाडौं, रुपन्देही, पाल्पा लगायत शाखाले प्रदर्शन गरेका छन ।
प्रदर्शनमा, समाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौं, समाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छ, अराजकता होईन, हिंसा र घृणा खारेज गरौं, अहिंसा, शान्ति र सद्भाव प्रवर्द्धन गरौँ, दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध अपरिहार्य, सहिष्णुता भनेको सम्मान हो, स्वीकारोक्ति हो, ग्रहणशीलता हो, बिबिधताको सराहना हो, धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव,राजनीतिक सद्भाव, स्थायी शान्तिको आधार नै सद्भाव, सामाजिक संजालको दुरुपयोग होईन,सदुपयोग गरौँ,घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल,सामाजिक संजाललाई भ्रामक जंजालबाट मुक्त राखौं, सम्मृद्धिका लागि हिंसामुक्त नेपाल, हिंसाको कारक बन्ने आवेग माथि नियन्त्रण गरौँ, शान्तिको जगेर्ना गर्न बिबेक प्रयोग गरौं, अफवाहको पछाडी नलागौं भरपर्दो सुचनाको श्रोतमा बिश्वास गरौँ, उत्तेजना फैलाउनु अपराध हो, जिम्मेवार भएर सामग्री सम्प्रेषण गरौँ सामाजिक संजाल लगायत सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौँ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । यसैगरी मानव अधिकार तथा शान्ति समाजले ३० जिल्लामा “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद कार्यक्रम आयोजना गर्दैछ । पुष २९ गते चितवन बाट शुरु हुने कार्यक्रममा प्रमुख वक्ता समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल लगायत नागरिक अगुवाहरु सहित राजनीतिक समाज, नागरिक समाज, बुद्धिजीवीहरुको सहभागिता रहनेछ ।
समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
२६ पुष २०८२
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links