9851240117

hurpes@gmail.com

Home

About us

Others

HUMAN RIGHTS & PEACE SOCIETY NEPAL

मानव अधिकार तथा शान्ति समाज नेपाल

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कृयाशिल । जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित । Human Rights and Peace Society is a membership based volunteer organization conducting research and campaigns. Peace Society is a non-governmental, non-political and non-profit independent volunteer organization with a focus on non-violence, peace, human rights & democracy. HURPES was founded on 1st June 1996 by Krishna Pahadi. Peace Society's mission is to create a culture where Human Rights & Peace prevail. HURPES contributed significantly in pro-democracy movement 2006 and to establish democratic republic in Nepal.

Founding Chairperson

Krishna Pahadi

Krishna Pahadi ( कृष्ण पहाडी ) was born on 30 th   March  1963 at Madi Ramveni village of Shankhuwasabha district of Nepal, a remote Hilly district that lies in the Himalayan region in eastern part of Nepal. He belongs to a Dahal family. He was born to Badri Prasad Pahadi and Radha Devi Dahal.

See more

Chairperson

Renuka Paudel

Renuka Paudel ( रेनुका पौडेल ): Currently residing in Sanepa-2, Lalitpur and originally from Syangja,holds an M.Phil. in Sociology and an LL.B. degree. She is the Chairperson of the Central Executive Committee of the Human Rights and Peace Society (since 2081 B.S.). Over the years, she has held several key leadership roles within the organization, including General Secretary (2079–2081), Vice-Chairperson (2073–2077), Treasurer (2071–2073), Central Committee Member (2070–2071), and Coordinator of the Social Concern Department (2069–2071). Beyond her role in the Human Rights and Peace Society, Ms. Paudel is actively engaged in a range of social and professional initiatives. She has served as the Research and Campaign Coordinator at Public Policy Pathshala since 2072 and is a founding or executive member of several civic platforms, including Emerging Power Nepal, Creative Youth Leadership Forum Kirtipur, Sociological and Anthropological Forum Pokhara, and the Junior Red Cross Circle in Syangja. She is the co-author of Nepal Ko Mahila Aandolan (2072) and has edited and published numerous articles, journals, and papers focusing on human rights, women's rights, and contemporary social issues. As a legal expert, she contributed to the drafting of Nepal’s Public Health Act (2073) and has played an instrumental role in shaping public policies in the areas of education, health, social protection, environment, and climate change. Ms. Paudel brings extensive field experience, having worked in 70 districts across Nepal, and has participated in international learning and exchange programs in Bangladesh, Malaysia, Indonesia, Thailand, and India. She can be reached at +977-1-4520712 or via email at paudelrenuka88@gmail.com

Ram Krishna Baral

Former chairperson (2079 - 2081)

Homakanta Chaulagain

Former Chairperson (2067 - 2071)

Dr. Gangadhar Adhikari

Former Chairperson (2071 - 2075)

Uttam Pudasaini

Former Chairperson (2075 - 2077)

Latest Press Releases

Explore all our Press Releases for more content.

सात प्रदेश, नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

प्रेस विज्ञप्ति
सात प्रदेश, नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी  मालीलाई  राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र अग्रणी कथाकार भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 
यसैगरी मगर भाषाका अग्रणी स्रष्टा रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात,
मैथिली भाषाकी अग्रणी स्रष्टा करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात,  किराँती–रोदुङ मातृभाषि अग्रणी स्रष्टा बाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, सामाजिक न्यायका लागि अभियानरत स्रष्टा पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी अग्रणी महिला स्रष्टा शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, तमु साहित्यको प्रवद्र्धनका लागि क्रियाशील स्रष्टा गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।
२०८२ असोज ९ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरुमध्येबाट सो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिने छ ।

पुरस्कृत स्रष्टाहरुबारेः
१. डा. तिर्थबहादुर श्रेष्ठ (वैज्ञानिक स्रष्टा)ः वि.स १९९४ असोजमा काठमाण्डौको महाबौद्धमा जन्मनुभएका स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठ वनस्पतिशास्त्री बैज्ञानिक हुनुहुन्छ । वैज्ञानिक स्रष्टा श्रेष्ठका जलवायु परिवर्तनः बुझौ र बुझाऔँ, नेपाल नखुलेका पाटाहरु, नेपाल अध्ययन (भाग १) भू स्वरुप र हावापानी, नेपाल अध्ययन (भाग २) वन वनस्पती र प्राणी, नेपाल अध्ययन (भाग ३) समाज संस्कृति र प्राकृति, नेपालको जैविक भूगोलको पुनरावलोकन लगायत दर्जन बढी पुस्तक प्रकाशित छन् । यसैगरी उहाँका माउन्टेन टुरिजम एण्ड इनभारामेन्ट इन नेपाल, नेपाल कन्ट्रि रिर्पोट अन वायोलोजिक डाइभरसिटि, फरेष्ट एण्ड भेजिटेसन अफ नेपाल, हिमालयन फलावर्स एण्ड ट्रिज (सहलेखन) लगायत पुस्तकहरु अंग्रेजीमा प्रकाशित छन् । डा. श्रेष्ठको स्थलगत अध्ययन अनुसन्धानमा  आधारित कृति डेभलपमेन्ट इकोलोजि अफ द अरुण वेसिन इन नेपाललाई मकालु बरुण राष्ट्रिय निकुञ्ज स्थापनाको प्रस्तावना मानिन्छ । कर्णाली क्षेत्रको पारिस्थितिक प्रणालीको स्थलगत र सैद्धान्तिक अध्ययन पश्चात उहाँले तयार पारेको पर्यावरणीय नक्सा इकोलोजि एण्ड भेजिटेसन अफ नर्थ वेष्ट नेपाल (कर्णाली रिजन) शिर्षकमा २०३९ सालमा प्रज्ञा प्रतिष्ठानबाट पुस्तकाकारमा प्रकाशित छ ।  
२. दुर्गालाल श्रेष्ठ (जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा)ः सन् १९३५ को जुलाईमा काठमाण्डौमा जन्मनुभएका विख्यात स्रष्टा दुर्गालाल श्रेष्ठ जनकविको उपाधिबाट समेत सम्मानित हुनुहुन्छ । सात दशकदेखि साहित्यमा अनवरत योगदान गर्नुभएका स्रष्टा दुर्गालाल श्रेष्ठका नेपाली र नेपाल भाषा (नेवारी)मा गीत, गीति नाटक, खण्डकाव्य, कविता र बाल साहित्यमा गरि दर्जनौ कृतिहरु प्रकाशित छन् । झसुका, लिसं, सन्तयाकुशा, सर्ग, पिजा, याकः फल्चा, इन्कलावया पलाःसः आदी गरी नेपाल भाषामा मात्रै उहाँका दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । यसैगरी नेपालीमा इन्कलावको पदचाप, इच्छाको सिमाना, सन्तको छाता, दुर्गालाल श्रेष्ठका कविताहरु समेत गरी दर्जन बढी कविता खण्डकाव्य र गीति नाटकहरु प्रकाशित छन् ।  
३. प्रा.चूडामणी रेग्मी (झर्रोवादी आन्दोलनका हस्ती) ः वि.स. १९९३ चैत्र २९ गते संखुवासभाको वानामा जन्मनुभएका स्रष्टा चुडामणी रेग्मीका काव्य, कथा, निबन्ध, हास्यव्याङ्ग्य, भाषा व्याकरण र समालोचना गरी दुई दर्जन बढी कृतिहरु प्रकाशित छन् । नेपाली भाषा साहित्यका अथक साधक पूर्वका मोतिराम उपनामले समेत प्रसिद्ध स्रष्टा रेग्मी झर्रोवादी आन्दोलनका हस्ती हुनुहुन्छ । पहिलो यात्रा, भूमरी, चावी नामक कथा संग्रह, भावना र यक्षको पोखरा प्रवास कविता संग्रह र २२ समालोचना, समालोचनाको बटुलो नामक समालोचनात्मक कृतिहरु प्रकाशित छन् । वि.सं. २०१३ सालमा बनारसबाट बाराणसेय संस्कृत छात्र परिषद्को मुखपत्र छात्रदुतको सम्पादन गर्नुभएका स्रष्टा रेग्मीले झण्डै सात दशक लामो साहित्य यात्रामा दर्जन बढी मुखपत्रको प्रकाशन गर्नुभएको छ त्यसमध्ये जुही प्रकाशनकै ६२ वटा पुस्तकहरु छन् ।
४.डा. गोपाल ठाकुर (भोजपुरी भाषाका अग्रणी स्रष्टा)ः २०१८ साल पुस २७ गते जन्मनुभएका बारा जिल्ला सिम्रौनगढ निवासी स्रष्टा डा.गोपाल ठाकुरका भोजपुरीमा दर्जन बढी कृतिहरु प्रकाशित छन् । स्रष्टा ठाकुर जीवन्त भोजपुरी मजवून, उत्पिडित मधेश आ भोजपुरी र सहज भोजपुरी वर्तनीको अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसैगरी अंग्रेजीमा प्रकाशित भोजपुरी व्याकरणको समेत अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसैगरी उहाँको सहलेखनमा भोजपुरीमा विभिन्न कृतिहरु प्रकाशित छन् । २०६२÷६३ को जनआन्दोलनमा नागरिक आन्दोलनमा सक्रिय स्रष्टा ठाकुर नेपाल प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा नेपालमा भोजपुरी भाषाको समाजभाषा वैज्ञानिक अध्ययनको अनुसन्धाता हुनुहुन्थ्यो । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा भोजपुरी–भोजपुरी–नेपाली–अंग्रेजी शब्दकोषको सम्पादक मण्डलको संयोजक समेत रहीसक्नुभएका ठाकुर हाल भाषा आयोगका अध्यक्ष हुनुहुन्छ ।
५. प्रा.डा. गुरुप्रसाद सुवेदी (संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा)ः २०२५ साल असार १५ गते स्याङ्जामा जन्मनुभएका स्रष्टा प्रा.डा. गुरुप्रसाद सुवेदीले संस्कृतमा झण्डै दर्जन ग्रन्थ÷पाठ्यग्रन्थ लेख्नुभएको छ । त्यसमा साहित्यधर्मदर्शनसम्वद्धाः, सनातनसंस्कृतिसम्वद्धाः व्याकरण महाभाष्यम्, व्याकरण दर्शम्, समासपरिचय आदी छन् । यसैगरी उहाँले विद्यालय स्तरीय पाठ्यपुस्तकको पनि सहलेखन गर्नुभएको छ भने विभिन्न संस्कृत ग्रन्थहरुको नेपाली अनुवाद गर्नुभएको छ ।
६. लक्ष्मी कुमारी माली (अग्रणी कवि): २०१० साल साउन १० गते काठमाण्डौमा जन्मनुभएकी स्रष्टा लक्ष्मी मालीका आगोका याम, आरुका फुलहरु, तोरी फुलाएको खेत, आमा तिम्रो नाम के हो? गरि ४ वटा कविता संग्रह प्रकाशित छन् भने आगोको यामको अंग्रेजी अनुवाद सिजन अफ फायर समेत प्रकाशित छ । २०६२÷६३ को जनआन्दोलनमा नागरिक आन्दोलनमा सक्रिय स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएकी स्रष्टा मालीले विभिन्न पाठ्यपुस्तकहरुको पेशागत सहलेखन गर्नुका साथै किराती लोक साहित्य भाग १ को सम्पादन समेत गर्नुभएको छ भने स्रष्टा माली नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभाग प्रमुख रहिसक्नुभएको छ ।  
७. भागिरथी श्रेष्ठ (अग्रणी कथाकार): २००५ साल भाद्र १७ गते गुल्मीमा जन्मनुभएकी स्रष्टा भागिरथी श्रेष्ठका रातो गुलाब, भूमिगत, विभ्रम, मोहदंस गरि सात वटा कथा संग्रह र एउटा लघुकथा संग्रह प्रकाशित छन् । यसैगरी मालती र एउटा यस्तो आकाश गरी दुई उपन्यासहरु प्रकाशित छन् । साठी वर्षदेखि साहित्यमा योगदानरत श्रेष्ठको आफटर द सनसेट नामक कथा संग्रह अंग्रेजीमा समेत प्रकाशित छ ।
८. रामबहादुर थापा मगर (मगर भाषाको अग्रणी स्रष्टा)ः २०१६ भाद्र १ गते हालको त्रियुगा नगरपालिका खाँबु उदयपुरमा जन्मनुभएका स्रष्टा रामबहादुर थापा मगरका मगर भाषामा बुढो धरहरा कविता संग्रह, नानीहरुको कथा कथा संग्रह, आदिवासी जनजाती व्यक्तित्व गरी तीन वटा पुस्तक प्रकाशित छन् भने मगर संस्कृति सम्बन्धी निबन्ध संग्रह, संघीय नेपालको तस्विर लगायत पुस्तक नेपालीमा प्रकाशित छन् । यसैगरी उहाँसहितको सहलेखनमा अंग्रेजीमा समेत पुस्तक प्रकाशित छ । संविधानसभा सदस्य र हाल आदिवासी जनजाती आयोगका अध्यक्ष थापा मगरले नेपालका आदिवासी जनजातीहरुको स्थितिबारे अन्तर्राष्ट्रिय सम्मेलनहरुमा प्रस्तुति गर्नुका साथै कानुङलाम नामक मगर भाषाको मासिक पत्रिकाको सम्पादन समेत गर्नुभएको थियो ।
९. करुणा झा (मैथिली भाषाकी अग्रणी स्रष्टा)ः सन् १९७२ मार्च २५ मा जन्मनुभएकी सप्तरी निवासी करुणा झा का मैथिलिमा भगजोगिनी कविता संग्रह, जीवनदान लघुकथा संग्रह, फाटल ह्ृदय गजल संग्रह, प्रकाशित छन् भने नेपालीमा शंखघोष निबन्ध संग्रह र हिन्दीमा तीन वटा पुस्तक प्रकाशित छन् । साहित्यमा स्नातकोत्तर गर्नुभएकी स्रष्टा झा अटल मिथिला सम्मान लगायत दर्जन बढी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
१०. बाग्देवी यालुङ्छा राई (किराँती–रोदुङ मातृभाषि अग्रणी स्रष्टा) ः २०३० साल मंसिर ६ गते खोटाङमा जन्मनुभएकी स्रष्टा राईको साहित्यिक नाम बाग–आयाग्यामी यालुङ्छा हो । अंग्रेजी साहित्य र भाषा विज्ञानमा स्नातकोत्तर राईका किराँती–रोदुङ (चाम्लिङ) भाषामा रतन्छा निहालाम (कविता), येलेखिम ख्वायामापा (नाटक) र हँछामो त्यात्ति (कथा संग्रह) प्रकाशित छन् । किराँती–रोदुङ मातृभाषि स्रष्टा राई टुवाचुङ वार्षिकको सम्पादक समेत हुनुहुन्छ ।  
११. पञ्चकुमारी परियार (सामाजिक न्यायका लागि अभियानरत स्रष्टा)ः २०३४ साल मंसिर २५ गते खोटाङको बुइपा दिग्तेलमा जन्मनुभएकी स्रष्टा पञ्चकुमारी परियारका सपना र आँखाहरु र जुठी कविता संग्रह प्रकाशित छन् । नेपाली साहित्यमा स्नातकोत्तर स्रष्टा परियारको जुठी कविता संग्रह भित्रको शिर्ष कविता जुठी पुर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रममा समावेश भई वि.ए दोस्रो वर्षमा अध्यापन भइरहेको छ ।
१२. शर्मिला कुमारी चौधरी (थारु भाषाकी अग्रणी महिला स्रष्टा)ः २०४२ कात्र्तिक १२ गते जन्मनुभएकी बेलौरी कञ्चनपुर निवासी शर्मिला चौधरीका थारु भाषामा दुःखके हल्कोरा उपन्यास, कम्लहरिया उपन्यास र मनके फुला काव्य संग्रह प्रकाशित छन् ।
१३. माधव चौलागाई (कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा)ः २०३४ साल मंसिर १७ गते जुम्लाको लाम्रामा जन्मनुभएका स्रष्टा माधव चौलागाईको सपादलक्ष कर्णाली नामक पुस्तक प्रकाशित छ । कर्णालीको इतिहास, भुगोल, संस्कृति, विशेषता, सम्पदा र विकासबारे केन्द्रित पुस्तक हो सपादलक्ष कर्णाली ।  स्वास्थ्य परियोजना सम्बन्धी अनुसन्धान लेखन र प्रतिवेदनमा समेत सक्रिय स्रष्टा चौलागाईका खस सभ्यता, कर्णाली केन्द्रित विषयवस्तु आदी विषयमा अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।  
१४. गौरी तमु (तमु साहित्यको प्रवद्र्धनका लागि क्रियाशील स्रष्टा)ः २०३९ साल भदौ २८ गते नवलपरासीको गैडाकोटमा जन्मनुभएकी हाल पोखरा निवासी स्रष्टा गौरी तमु (गौरीसरा गुरुङ) को समै दर्वानी नामक नेपालमै पहिलो गुरुङ र नेपाली भाषाको द्विभाषिक मुक्तक संग्रह प्रकाशित छ । यसैगरी उहाँले गुरुङ साहित्यक मञ्च नेपालमा अक्षयकोष स्थापना गरि गौरी तमु लेखनवृत्ति पुरस्कार समेत स्थापना गर्नुभएको छ जुन हरेक दुई वर्षमा गुरुङ स्रष्टालाई दिइदै आएको छ  । स्रष्टा तमुका समसामयिक विषयसहित अनुसन्धानात्मक लेखहरु प्रकाशित हुँदै आएका छन् ।

समाजका तर्फबाट
रेनुका पौडेल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति

१० असोज २०८२


2025-09-26 06:59:02

शान्तिका लागि सुशासनलाई केन्द्रमा राख्न आग्रह

प्रेस विज्ञप्ति
शान्तिका लागि सुशासनलाई केन्द्रमा राख्न आग्रह 
सन् १९८१ मा महासभा सुरु भएको दिन पारेर संयुक्त राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरि शान्ति दिवस मनाउने निर्णय भए अनुरुप सन् १९८२ को सेप्टेम्वरमा पहिलो शान्ति दिवस मनाइएको थियो भने सन् २००२ मा महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो । शान्ति दिवसले समस्त मानवतालाई सबै मतभेद भन्दा माथि उठेर शान्तिका लागि प्रतिवद्ध हुन र शान्ति संस्कृतिको निर्माणमा योगदान गर्नका लागि विश्वव्यापी रुपमा साझा मिति प्रदान गर्दछ । ४४ औ अन्तर्राष्ट्रिय शान्ति दिवस (असोज ५)का अवसरमा मानव अधिकार तथा शान्ति समाज सबै मतभेद भन्दा माथि उठेर शान्ति, सुशासन र अहिंसाका पक्षमा योगदान गर्न आह्वानसहित नेपाल सन्दर्भमा निम्न सुझावहरु कार्यान्वयन गर्न आग्रह गर्दछ ।
१.शान्तिका लागि सुशासन अनिवार्य आवश्यकता हो । सर्वत्र व्याप्त भ्रष्टाचार र कुशासनकै कारण देशले हालै जनधनको ठुलो क्षति व्यहोर्नु परेको छ । त्यस्तो अवस्था दोहोरिन नदिन कुशासन र भ्रष्टाचारमा जिम्मेवारहरुलाई विशेषतः विभिन्न दलका शिर्ष नेताहरुलाई कानुन सम्मत कारबाही सुनिश्चित गर्नुपर्छ । 
२. जस्तोसुकै अवस्थामा पनि नागरिकको जिउ धनको सुरक्षा सदैव पहिलो प्राथमिकता हुनुपर्छ । सार्वजनिक तथा नागरिकको सम्पत्तिको रक्षा गर्नु राज्यको परम दायित्व हो । राज्यका पुर्जा पुर्जामा प्राण भर्न र शुद्धिकरण गर्न सबैले नया सिराबाट योगदान गर्नुपर्छ । 
३. मुलत भ्रष्टाचारको विरोधमा जेन जीद्वारा आह्वान गरिएको भदौ २३-२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्छ । यसैगरी जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नुपर्छ । साथै जेन जीको आह्वानमा भएको उक्त आन्दोलनको सफलता पश्चात तत्कालिन सरकारले आत्म समर्पण गरिसकेको अवस्थामा भदौ २४ गते भएको राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरुको पहिचान गरि दण्डित गर्नुपर्दछ । स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयंले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा सो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ । 
४. राज्यको ढुकुटी दोहन गर्दै पुर्व विशिष्टहरुलाई उपलब्ध गराउँदै आएको सेवा र सुविधा तत्काल कटौती गर्नुपर्छ । 
५. ध्वस्त भएका संरचनाहरुको पुर्ननिर्माणका लागि सबै क्षेत्रबाट योगदान गर्नुपर्छ । यसका लागि पुर्ननिर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुर्ननिर्माण दशक घोषणा गर्नुपर्छ ।
६. प्रहरी लगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्छ । प्रहरी/प्रशासनलाई दलियकरण/राजनीतिकरणको छाँयाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्छ । नागरिकलाई सताउने खालका झण्झटिला प्रावधानहरु हटाउनुपर्छ । 
७. विगतमा संवैधानिक/न्यायिक निकायमा राजनीतिक/दलिय भागबण्डाका आधारमा भएका नियुक्ति कुशासनका लागि जिम्मेवार छन् । त्यसरी भागवण्डामा नियुक्ति पाएकाहरुले यात मार्ग प्रशस्त गर्नुपर्छ, यात पदमुक्त गर्नुपर्छ । । 
८. अन्तरिम सरकारको भुमिका समस्त नागरिकहरुका लागि अभिभावकको रुपमा हुनुपर्छ । यसैगरी कुशासनमा लिप्त केही नेताहरु जस्का कारणले देशमा जनधनको यत्रो क्षती भई असमान्य स्थिति उत्पन्न भयो, जस्का कारणले नागरिक आक्रोश चुलियो, तिनैको राजनीतिक वर्चस्व कायम रहने हो भने अर्को अनर्थको संभावना र हाल प्राप्त उपलब्धिहरु समेत गुम्न सक्ने खतरा मध्यनजर गर्दै फोहोर बढार्ने कार्य आफैभित्र सुनिश्चित गरि संविधान र प्राप्त उपलब्धिहरु जोगाउनेतर्फ सबै राजनीतिक दलले योगदान गर्नुपर्छ । 
९. अहिंसात्मक जीवनधाराको सुनिश्चितताले मात्र शान्ति संस्कृतिको निर्माण हुने हुँदा अहिंसा, शान्ति, सद्भाव, समुदायमाझ सुमधुर सम्बन्ध कायम गर्न सबैले योगदान गर्नु पर्दछ । 
१०. स्वतन्त्र, निष्पक्ष एवं भयरहित तवरमा निर्वाचन सम्पन्न गरी अन्तरिम सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्दछ । वर्तमान संक्रमणकाल सकेसम्म छोटो हुनुपर्दछ । 

समाजका तर्फबाट
 रेनुका पौडेल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
५ असोज २०८२

2025-09-21 07:05:35

अन्तरिम सरकार शिघ्र गठन गर्न आग्रह

प्रेस विज्ञप्ति
अन्तरिम सरकार शिघ्र गठन गर्न आग्रह 
जेन जीद्वारा आह्वान गरिएको भ्रष्टाचार विरोधी आन्दोलनको सफलता पश्चात देशमा विद्यमान तरल अवस्थाका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज निम्न आग्रह गर्दछ । 
१. युवा पुस्ता जेन जी को आह्वानमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको सफलता नेपालको इतिहासमा अभुतपुर्व घटना हो । साथै सो आन्दोलनका दौरान घटेका केही घटनाहरु अत्यन्त दुखद छन् । भदौ २३ गते भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका नेपाल आमाका १९ जना सन्तानलाई तत्कालिन भ्रष्ट एवं कर्तव्यच्युत सरकार जोगाउन अन्धाधुन्ध तवरले गोली हानी हत्या गरेको घटनाको जति निन्दा गरेपनि कम हुने धारणा शान्ति समाजले सोही दिन सार्वजनिक गरिसकेको छ । त्यसैका कारण देशभरी उत्पन्न तिव्र आक्रोश र कम्पनबारे सबै जानकार छन् । तर यो आन्दोलनको सफलतापछि सार्वजनिक सम्पत्तिमा भएको ठुलो क्षति, निजी सम्पत्ति लुटपाट, केही प्रेस संस्थाहरुमा भएको तोडफोड र आगजनि लगायतका घटनाहरु दुर्भाग्यपुर्ण छन् । अहिंसाको दर्शनमा गहन आस्था राख्ने शान्ति समाजले सदैव यस्ता घटनाको निन्दा गर्दै आएको छ । इतिहासले यस्ता घटनाको जहिले पनि हिसाब माग्छ । 
२. आन्दोलनको सफलतापछि देशमा एक किसिमको रिक्तता उत्पन्न भएको छ । सरकार छैन । प्रहरीहरु पुर्ण रुपमा कार्यक्षेत्रमा फर्कन सकेका छैनन् । प्रशासन सुचारु भएको छैन । झण्डै कानुन विहिनताको अवस्था सिर्जना भएको बेला नेपाली सेनाको सार्थक पहल उल्लेखनिय छ । देशमा रिक्तताको स्थिति घातक हुन सक्छ । तसर्थ चाडो भन्दा चाडो अन्तरिम सरकार गठन हुनुपर्छ । जेन जी को माग अनुरुप त्यस्तो नियुक्ति सम्माननीय राष्ट्रपतिबाट चाडै हुनेमा शान्ति समाज आशावादी छ । 
३. जेन जी ले आन्दोलन आह्वान गर्दा मूलत भ्रष्टाचारको विरोध र स्वतन्त्रताको पक्षमा केन्द्रित रहेको प्रष्ट छ । भ्रष्टाचारमा संलग्न विभिन्न दलका शिर्ष नेताहरुलाई कारबाहीको कानूनी प्रक्रिया आगाडी बढाउनुपर्छ जुन काम अन्तरिम सरकारले अघि बढाउने विश्वास छ । आन्दोलनको घोषित आंकाक्षा विपरित नागरिक स्वतन्त्रता र सर्वोच्चता माथि घात गर्ने कुनै पनि कदम वा पहल स्विकार्य हुदैँन । विशेषतः लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुन सक्ने तथ्य शान्ति समाज प्रष्ट गर्दछ । अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ । 
४. नेपालको संविधान लागु भएको एक दशक पुगेको छ । संविधान संसोधन निरन्तर चलिरहने प्रक्रिया हो । यो संविधान संसोधनको बहसलाई सार्थक रुपमा अघि बढाउने गहन दायित्व पनि अब जेन जी पुस्तामा आएको छ तर संविधान संसोधनको दायित्व अन्तरिम सरकारले गराउने निर्वााचन पश्चात गठन हुने नयाँ संसदको हो भन्ने धारणा शान्ति समाज सबैलाई स्मरण गराउँछ ।  
समाजका तर्फबाट 
रेनुका पौडेल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास 
२६ भदौ २०८२

2025-09-11 10:33:21

Upcoming Events

About Us

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते कृष्ण पहाडीको सभापतित्वमा स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । शान्ति समाज जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्तवपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन । मानव अधिकार तथा शान्ति समाजले स्थापना कालदेखि नै आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान एवं हिमालय बचाउँ आन्दोलन समेत सञ्चालन गर्दै आएको शान्ति समाजले निर्धारित समयमै कार्यक्रम सुरू गर्ने परिपाटी बसालेको (समय आन्दोलन) छ । 

HURPES BuildingHURPES Building photo 2

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links